1 month ago
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा
कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो।
लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी खेल्दै ८ अंक बटुल्यो। समान ४ खेल खेलेको चित्लाङ भने २ खेलमा जित, १ बराबरी र १ खेलमा हार बेहोर्दै ७ अंक जोडेर उपविजेता बनेको हो।
समूह चरणको अन्तिम खेलमा चित्लाङले बर्दियाको जनजागृतीलाई २-० हरायो। चित्लाङका लागि विज्ञान खड्काले १३ औं र मदन स्याङ्तनले ७० औं मिनेटमा गोल गरे। चित्लाङका जय गुरुङ प्लेयर अफ दि म्याच घोषित भए।
आज दोस्रो खेलमा लालीगुराँसले धनकुटाको देउराली युथ क्लबसँग गोलरहित बराबरी खेल्दै खेलेको थियो। समुह `ए´ बाट कैलालीको विजय स्पोर्ट्सले ६ अंक, देउरालीले ३ अंक र बर्दियाको जनजागृतीले एक अंक मात्र जोड्यो ।
समूह `बी´ को अन्तिम २ खेल बाँकी रहँदा बाराको नव जागृती र सुर्खेतको कार्के विहार समान ७ अंकका साथ शिर्ष स्थानमा छ।
यस्तै तनहुँको हैरान्स क्लबको ४ अंक, दोलखाको टाइगर्स टिमको ३ अंक र उदयपुरको गाईघाट फुटबल क्लबको १ अंङ्क छ। समूह चरणको अन्तिम खेलमा भोलि नव जागृती र हैरान्स क्लब तथा गाईघाट र कार्केविहार भिड्नेछन् ।
समूह विजेता र उपविजेता लिगको सेमिफाइनलमा प्रवेश गर्नुका साथै राष्ट्रिय लिगमा छनोट हुनेछन् । सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ ।प्रतियोगिताको विजेता टोली १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]