default_image

3 weeks ago

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

919 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो।

लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी खेल्दै ८ अंक बटुल्यो। समान ४ खेल खेलेको चित्लाङ भने २ खेलमा जित, १ बराबरी र १ खेलमा हार बेहोर्दै ७ अंक जोडेर उपविजेता बनेको हो।

समूह चरणको अन्तिम खेलमा चित्लाङले बर्दियाको जनजागृतीलाई २-० हरायो। चित्लाङका लागि विज्ञान खड्काले १३ औं र मदन स्याङ्तनले ७० औं मिनेटमा गोल गरे। चित्लाङका जय गुरुङ प्लेयर अफ दि म्याच घोषित भए।

आज दोस्रो खेलमा लालीगुराँसले धनकुटाको देउराली युथ क्लबसँग गोलरहित बराबरी खेल्दै खेलेको थियो। समुह `ए´ बाट कैलालीको विजय स्पोर्ट्सले ६ अंक, देउरालीले ३ अंक र बर्दियाको जनजागृतीले एक अंक मात्र जोड्यो ।

समूह `बी´ को अन्तिम २ खेल बाँकी रहँदा बाराको नव जागृती र सुर्खेतको कार्के विहार समान ७ अंकका साथ शिर्ष स्थानमा छ।

यस्तै तनहुँको हैरान्स क्लबको ४ अंक, दोलखाको टाइगर्स टिमको ३ अंक र उदयपुरको गाईघाट फुटबल क्लबको १ अंङ्क छ। समूह चरणको अन्तिम खेलमा भोलि नव जागृती र हैरान्स क्लब तथा गाईघाट र कार्केविहार भिड्नेछन् ।

समूह विजेता र उपविजेता लिगको सेमिफाइनलमा प्रवेश गर्नुका साथै राष्ट्रिय लिगमा छनोट हुनेछन् । सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ ।प्रतियोगिताको विजेता टोली १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.