default_image

3 weeks ago

November 16, 2025

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

475 views

0 Bookmark

रविन्द्र वाईबा , हेटौंडा

कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका लागि मुकुन्द कुमार निउरले २० औं र राम थापाले ९२ औं मिनेटमा गोल गरे। विजयी टोलीका मुकुन्द प्लेयर अफ दि म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा चित्लाङले बाराको नव जागृती युथ क्लबलाई सडनडेथमा हरायो । निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा पनि ४-४ गोलको बराबरीपछि खेलको नतिजा सडनडेथबाट पुगेको थियो।
चित्लाङका गोलरक्षक विशाल केसी प्लेयर अफ दि म्याच घोषित भए। उनले दुई प्रहार रोके।

सेमिफाइनल पुगेका चारै टोली यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेका छन्। फाइनल मंगलवार हुनेछ। विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.