default_image

4 weeks ago

November 16, 2025

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

490 views

0 Bookmark

रविन्द्र वाईबा , हेटौंडा

कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका लागि मुकुन्द कुमार निउरले २० औं र राम थापाले ९२ औं मिनेटमा गोल गरे। विजयी टोलीका मुकुन्द प्लेयर अफ दि म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा चित्लाङले बाराको नव जागृती युथ क्लबलाई सडनडेथमा हरायो । निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा पनि ४-४ गोलको बराबरीपछि खेलको नतिजा सडनडेथबाट पुगेको थियो।
चित्लाङका गोलरक्षक विशाल केसी प्लेयर अफ दि म्याच घोषित भए। उनले दुई प्रहार रोके।

सेमिफाइनल पुगेका चारै टोली यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेका छन्। फाइनल मंगलवार हुनेछ। विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.