default_image

4 weeks ago

November 16, 2025

पोर्चुगल विश्वकपमा छनोट

1814 views

0 Bookmark

एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे।

अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्।

खेलको सुरुवातमै रेनाेटो भेइगाले फ्रि–किकबाट हेडिङ गर्दै गोल गरे। आर्मेनियाले १८औँ मिनेटमा बराबरी गोल गरे पनि त्यसपछि खेल पुरै पोर्चुगलको नियन्त्रणमा रह्यो ।

गोनसलो रामोस, नेभेस र फर्नान्डेसले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ५-१ को अग्रता बनायो । दोस्रो हाफमा फर्नान्डेसले अर्को गोल र पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे। नेभेसले पनि आफ्नो तेस्रो गोल पूरा गरे।

अन्तिम क्षणमा फ्रान्सिस्को कोन्सेइसाओले गोल गरेपछि खेल ९-१ मा समाप्त भयो। अघिल्लो खेलको रातो कार्डका कारण रोनाल्डोले विश्वकपका पहिलो दुई खेल खेल्न पाउने छैनन् ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.