3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो।
एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो।
खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण चेम्जोङसँगको वान भर्सेज वानमा सहजै गोल गरे।

नेपाल खेलाम फर्कन सकेन। ९० औं मिनेटमा भने नेपाल १० जनामा समेटियो। लाकेन लिम्बू दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए। रेफ्रीले मलेसियालाई पेनाल्टीको अवसर प्रदान गरे। प्राप्त पेनाल्टीमा पाउलप जोसुको प्रहार आकाशियो। मलेसियाले नेपाललाई १-० ले हरायो।
दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० ले हारेको थियो।
नेपालले लगातार आठौं खेलमा पनि जित निकाल्न सकेन। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ५ खेलमा हार र तीन खेलमा बराबरी नतिजा निकालेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]