3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो।
एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो।
खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण चेम्जोङसँगको वान भर्सेज वानमा सहजै गोल गरे।

नेपाल खेलाम फर्कन सकेन। ९० औं मिनेटमा भने नेपाल १० जनामा समेटियो। लाकेन लिम्बू दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए। रेफ्रीले मलेसियालाई पेनाल्टीको अवसर प्रदान गरे। प्राप्त पेनाल्टीमा पाउलप जोसुको प्रहार आकाशियो। मलेसियाले नेपाललाई १-० ले हरायो।
दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० ले हारेको थियो।
नेपालले लगातार आठौं खेलमा पनि जित निकाल्न सकेन। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ५ खेलमा हार र तीन खेलमा बराबरी नतिजा निकालेको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]