3 hours ago
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् ।
इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो ।
कप्तान फजिलाले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि बढाउँदै गरेको प्रहार गीतालाई लाग्दै गोलमा परिणत भएको थियो।
इस्ट बंगालले ३५ औं मिनेटमा अन्तर दोब्बर गर्यो । शिल्कीदेवीले गोल गरेकी हुन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेड मार्फत गोल गरिन् ।
एपिएफले खासै गतिलो आक्रमण गर्न सकेन। इन्जुरी समयमा अनिता बस्नेतको क्रममा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिर गयो।
दोस्रो हाफको सुरुमा नै फजिलाले अर्को गोल गरिन् । गोलकिपर अन्जनाले रोकेर पनि पूर्ण नियन्त्रणमा लिन नसक्दा गोल भएको हो । खेलको अन्त्यतिर एपिएफले गोलका लागि पटक पटक प्रयास गरे पनि सफल भएन। एक खेल नखाई इस्ट बंगाल च्याम्पियन भएको थियो। एपिएफले फाइनल अघिका खेलमा गोल खाएको थिएन ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रका लिग च्याम्पियनको सहभागिता थियो।
फाइनल खल्नेबाहेक जसमा पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड थिए। सिंगल राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेलेका हुन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]