default_image

9 years ago

March 12, 2017

मनाङ टुबोर्ग नेपालगञ्ज गोल्ड कपको पहिलो खेलमै पराजित, अग्नी रुपन्देही सेमिफाइनलमा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ ।

rupandahi
दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना उत्रेको मनाङले आइतबार नेपालगन्ज रंगशालमा दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको थियो । खेलको अन्त्यतिर अमर डंगोलको निर्णायक गोलबाट अग्नी रुपन्देही अन्तिम चारमा पुगेको थियो ।

खेल सकिन १ मिनेट बाँकी रहँदा अमरले निर्णायक गोल गरेका थिए । त्यसअघि रुपन्देहीका लागि उत्तम गुरुङले ८७ औं मिनेटमा बराबरी गोल गरेका थिए । मनाङका लाग ७२ औं मिनेटमा सुशील लामाले गोल गरेका थिए । तर टोली त्यसलाई जोगाउन सकेन ।

बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भएका थिए । शेख कमल कप कप्तान अनिल गुरुङ, सुजल श्रेष्ठ, रोहित चन्द, विराज महर्जन, विशाल श्रेष्ठ, कमल श्रेष्ठ, हेमन्त थापामगर, विमल बस्नेत, विक्रम लामा र देवेन्द्र तामाङले खेलेका थिए । विक्रम र देवेन्द्रबाहेक ८ मनाङका आफ्नै खेलाडी हुन् । दुई दिन राष्ट्रिय टोलीको पहिलो चरणको नपरेपछि हेमन्त नेपालगञ्ज पुगेका थिए । महत्वपूर्ण खेलाडीको अनुपस्थितिमा मनाङ अन्य क्लबका केही खेलाडीलाई नेपालगञ्ज उतारेको थियो ।
जारी सिजनमा मनाङ घरेलु टोलीको सर्वाधिक सफल टोलीमध्येको एक हो । मनाङ, त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाले समान ३ नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । पुसमा प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टोली पुनः सम्हालेयता मनाङ छैटौं प्रतियोगिताका रुपमा नेपालञ्ज गोल्डकप खेलेको थियो ।

४ वटा घरेलु नकआउटको फाइनल खेल्दा ३ उपाधि जितेको मनाङ शेख कमलको सेमिफाइनल सम्म पुगेको थियो । पुसमा हेटौडा गोल्डकप फाइनल खेलेको मनाङले त्यसपछि लगातार सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, आहा रारा गोल्डकप र रमपम झापा गोल्ड कप जितेको थियो । त्यसलगत्तै टोली बंगलादेश पुगेको थियो ।

उदयपुर गोल्डकप जितेको रुपन्देही घरेलु मैदानमा गत साता सम्पन्न तिलोत्तमा गोल्डकपको सेमिफाइनल पुगेको थियो । सिजनको पहिलो भेटमा मनाङलाई हराउन रुपन्देही सफल भएको छ । सुदूरपश्चिमाञ्चल ११, नेपाल पुलिस र सिएमजी क्लब संकटा यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन्।

बाँके जिल्ला फुटबल संघका आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.