default_image

9 years ago

March 13, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा संकटा र सुदूरपश्चिम भिड्दै

125 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)– यो बर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको सिएमजी क्लब संकटाले टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा सुदूरपश्मिाञ्चलको सामना गर्दैछ । संकटाले विभागिय टोली एपिएफ क्लबलाई हराउँदै र सुदूरपश्चिमाञ्चलले भारतको दिल्ली युनाइटेडलाई हराउँदै एक अर्कोसँगको भेट पक्का गरेका थिए ।

सिएमजी क्लब संकटाका खेलाडी । फाइल फोटो

सिएमजी क्लब संकटाका खेलाडी । फाइल फोटो

उता संकटा भने बर्षको सर्वाधिक सफल टोलीमध्ये एक हो । पाँचवटा फाइनल खेल्ने क्रममा टोलीले तीन वटा उपाधि जितेको थियो । चितवनमा विकास रनिङ शिल्ड जितेको संकटाले त्यसपछि रुस्लान सिमरा गोल्डकप र फागुन २१ गते तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । संकटाले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको पनि फाइनल खेलेको थियो ।
अर्को सेमिफाइनल मंगलबार नेपाल पुलिस क्लब र अग्नी रुपन्देही ११ बीच हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.