default_image

9 years ago

March 14, 2017

अग्नी रुपन्देही टुबोर्ग नेपालगञ्ज गोल्डकपको फाइनलमा

126 views

0 Bookmark

सौरभ गिरी
नेपालगञ्ज– अग्नी रुपन्देही ११ टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागिय टोली नेपाल पुलिस क्लबलाई मंगलबार २–१ ले हराउँदै रुपन्देहीले सिएमजी क्लब संकटासँगको फाइनल भेट पक्का गरेको हो । सुदूर पश्चिमाञ्चल ११ लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको थियो ।

poilice-vs-rupendehi

नेपालगञ्ज १–० ले पछि परेको खेल उल्टाउँदै रुपन्हेली अन्तिम दुईको यात्रा तय गरेको हो । रुपन्देहीका लागि दुवै गोल अमर डंगोल गरेका थिए । खेलमा अग्रता पुलिसले लिएको थियो । ३३ औं मिनेटमा कप्तान जुमानु राईले पेनाल्टीमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर, त्यो अग्रता दुई मिनेट भन्दा बढी टिक्न सकेन । अमरले ३५ औं मिनेटमा बराबरी गोल गरे । अमरले हेडमार्फत गोल गरेका थिए । अमरले ७२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । लक्ष्मण रुचालको पासमा अमरले विजयी गोल पनि हेडमार्फत नै गरेका थिए । म्यान अफ दी म्याच बनेका अमरले लेनोभोको मोबाइल सेट प्राप्त गरे ।

बाँके जिल्ला फुटबल संघ संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकीको मोटरसाइकल प्राप्त गर्नेछन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.