9 years ago
March 15, 2017
बिर्तामोड (हाम्रो खेलकुद)– रमपम झापा गोल्डकप मुल आयोजक समितिले क्लबका कप्तान झापा ११ का कप्तान प्रवेश कटुवालाई लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । झापा गोल्डकपको आयव्यय सार्वजनिक गर्ने क्रममा मंगलबार प्रवेशलाई सम्मानसहित मोटरसाइकल प्रदान गरिएको थियो ।
३८ बर्षे प्रवेशको कप्तानमा झापाले दर्जनौं उपाधि जितेको छ । यो बर्ष टोलीले काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । झापा गोल्डकपमा भने टोलीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । सम्मानपछि प्रवेशले भने, ‘गोल्डकपको पहिलो संस्करणबाटै यो अवार्ड राखिएको भए अझ राम्रो हुने थियो।’
सोही अवसरमा टोलीका अन्य खेलाडीलाई भने बोनस रकम वितरण गरिएको छ । प्रत्येक खेलाडीले बोनस वापत २५ हजार रुपैयाँ प्राप्त गरे । आफैले आयोजना गरेको रमपम झापा गोल्डकप जितेको भए प्रत्येक खेलाडीलाई ५१ हजार र दोस्रो हुँदा २५ हजार रुपैयाँ बोनस दिने मुल आयोजक समितिले प्रतियोगिता अघि नै घोषणा गरेको थियो ।
झापा गोल्डकपको नाफा ५६ लाख बढी
मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकपबाट ५६ लाख रुपैयाँ भन्दा बढी नाफा भएको छ । झापाको जामुनखाडीमा आयोजित कार्यक्रममा मुल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले गोल्डकपबाट ५६ लाख २१ हजार ५ सय ३२ रुपैयाँ नाफा भएको सार्वजनिक गरेका थिए । गोल्डकपमा १ करोड ४४ लाख ९३ हजार २ सय ५६ रुपैयाँ आम्दानी तथा ८८ लाख ७१ हजार ७ सय २४ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो ।
गोल्डकप माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भएको थियो । ७ लाख पुरस्कार राशिको प्रतियोगिताको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले जित्दा आयोजक टोली झापा–११ दोस्रो भएको थियो । मनाङको बर्षको त्यो तेस्रो उपाधि जिते । झापाले दोस्रो भएवापत ३ लाख ५० हजारमा चित्त बुझाएको थियो । आयोजक समितिले झापा गोल्डकपको सम्पूर्ण विवरण समेट्दै स्मारिकासमेत प्रकाशन गरेको छ ।
झापा–११ का अध्यक्ष जलकुमार गुरुङले झापा–११ चर्चाको शिखरमा पुगेको बताए । झापा जिल्ला फुटबल संघका समेत अध्यक्ष रहेको गुरुङले झापा ११ ले आउने दिनमा विदेशी क्लबहरुसँग पनि फुटबल खेल्ने गुरुङले जानकारी गराए ।
मुल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले क्लबलाई विधिवत दर्ता गरी गोल्डकपलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद् सुधीरकुमार शिवाकोटी, काङ्ग्रेस झापाका निवर्तमान उपसभापति देउमान थेवे, एमाले झापाका अध्यक्ष चिन्तन पाठक लगायतले गोल्डकपको महत्वको बारेमा चर्चा गरेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]