default_image

9 years ago

March 15, 2017

अग्नी रुपन्देही ११ र सिएमजी संकटाबीच उपाधि भिडन्त

132 views

0 Bookmark

सौरभ गिरी
नेपालगञ्ज– मध्यपश्चिमकै ठूलो प्रतियोगिताका रुपमा रहेको टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि ए डिभिजन टोली सिएमजी क्लब संकटा र मोफसलको अग्नी रुपन्देही–११ बीच भिडन्त हुदैछ ।

rupandehi-vs-sankata
सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा ५ –४ गोलले पराजित गरेर संकटाले अन्तिम दुईको यात्रा तय गरेको थियो । अग्नि रुपन्देहीले नेपालकै बलियो फुटबल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल प्रहरीलाई हराउँदै उपाधि नजिक पुगेको थियो । अग्नि रुपन्देहीले ए डिभिजन टोली मनाङ र पुलिसलाई समान २–१ गोलले स्तब्ध बनाएको थियो ।संकटा र रुपन्देही दुवैले क्वाटरफाइनल र सेमिफाइनलमा पछि परेर पनि नतिजा उल्टाएका थिए ।
संकटा र अग्नि रुपन्देही यस अघि गत महिना धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भएका थिए । त्यसमा संकटा २–१ विजयी बनेको थियो । स्थानिय समर्थकको आपार माया र समर्थन पाएको रुपन्देही उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ ।

तर यस प्रतियोगिताको भोलि हुने फाइनलमा संकटामा अनुभबी खेलाडीहरु भरीभराउ हुदा अग्नि रुपन्देहीलाई भने जस्तो सजिलो नहुने अवस्था छ । संकटा यो वर्षमा ६ वटा फुटबल प्रतियोगिताको फाइनलमा खेलिसकेको छ । जसमध्ये ३ वटा उपाधि जितेको थियो । भर्खर मात्र टोलीले रुपन्देहीमा सम्पन्न तिलोत्तमा गोल्डकपको उपाधि संकटाले जितेको थियो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले संकटाले बुटवलको तिलोत्तमा, नारायणघाटको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जित्नुका साथै सुदूरपश्चिमको खप्तड, नवलपरासीको राइनो राइजिङ र धरानको बुढासुब्बा गोल्डकपमा फाइनलमा उपविजेता बनेको हाम्रो खेलकुदलाइ बताए ।
प्रशिक्षक खड्गीले पहिलो भन्दा दोस्रो प्रतियोगितामा खेलाडीले स्तरीय प्रदर्शन गर्न नसकेपनि टोली फाइनलमा पुगेकाले अब खेललाई सुधार गरेर उपाधि जित्ने विश्वास व्यक्त गरे ।

रुपन्देही ११ ले भने यसै वर्ष अर्को एउटा उपाधि थप्ने दाउमा रहेको छ । रुपन्देही ११ ले एक महिना अघि मात्र उदयपुरको गाइघाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । रुपन्देहीका ११ प्रशिक्षक दयाराम सापकोटाले मनाङ र प्रहरीजस्तो बलियो टोलीलाई पराजित गरेकाले खेलाडीको मनोबल उच्च रहेको छ साथै हाम्रा खेलाडीले मनाङसँग खेलेको खेल प्रदर्शन गर्न सकेमा हामीले उपाधि जित्ने प्रशिक्षक सापकोटाले हाम्रो खेलकुदलाई बताए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.