9 years ago
March 15, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत ‘राउण्ड अफ १६’को दोश्रो लेगको खेलमा बुधबार राती म्यानचेस्टर सिटि मोनाकोको घरेलु मैदानमा उत्रदैछ।

म्यानचेस्टरमा भएको पहिलो लेगको खेलमा घरेलु टोलि ५-३ले विजयी भएको थियो। पहिलो खेलमा जित हात पारेपनि मोनाकोले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकोले खेल अझै समाप्त नभएको सिटीका प्रशिक्षक पेप गुअर्डीओलाले बताएका छन्। सिटीले यस खेलको लागि आफ्नो नियमित कप्तान भिन्सेन्ट कम्पनिलाइ खेलाउन सक्नेछ। चोटका कारण यस सिजन खेल मैदान बाहिर रहेका कम्पनि पुनरागमन गर्ने सुरमा छन्। मोनाकोको लागि डिफेन्डर कमिल जिल्क प्रतिबन्धका कारण खेल्ने छैनन्।
दिनकै अर्को खेलमा एट्लेटिको म्याड्रिडले बाएर लेभरकुजनसंग खेल्नेछ। पहिलो लेगमा म्याड्रिड ४-२ले विजयी भएको थियो।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]