default_image

9 years ago

March 16, 2017

टुबार्ग नेपालगञ्ज गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल

100 views

0 Bookmark

सौरभ गिरी

नेपालगञ्ज – टुबार्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजुकीको मोटरसाइकल पुरस्कार जित्नेछन् । सर्वोत्कृष्ट छनोटका लागि छुट्टै समिति बनाइएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

suzuki-gixxer for highest scorer in Nepalgunj

आज अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटाको फाइनल पछि सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । नेपालगञ्ज गोल्डकपलाई मध्यपश्चिमकै ठूलो फुटबल प्रतियोगिताका रुपमा हेरिएको छ । नेपागञ्ज रंगशालामा दिउँसो ३ बजे फाइनल सुरु हुनेछ । जारी सिजनमा संकटाको यो सातौं र रुपन्देहीको दोस्रो फाइनल हो । ६ वटा फाइनल खेल्दा संकटाले तीनवटा उपाधि जितेको थियो । यो सिजन तीन उपाधि जित्नेमा संकटासहित त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी छन् । संकटाले बुटवलको तिलोत्तमा, नारायणघाटको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको थियो । सुदूरपश्चिमको खप्तड, नवलपरासीको राइनो राइजिङ र धरानको बुढासुब्बा गोल्डकपमा संकटा दोस्रो भएको थियो ।

रुपन्देहीले भने गत महिना उदयपुर गोल्डकपको उपाधि जितेको थियो । संकटा र अग्नि रुपन्देही यस अघि गत महिना धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भएका थिए । त्यसमा संकटा २–१ विजयी बनेको थियो । नेपालगञ्ज गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा ५ –४ गोलले पराजित गरेर संकटाले अन्तिम दुईको यात्रा तय गरेको थियो । अग्नि रुपन्देहीले नेपालकै बलियो फुटबल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल प्रहरीलाई हराउँदै उपाधि नजिक पुगेको थियो । अग्नि रुपन्देहीले ए डिभिजन टोली मनाङ र पुलिसलाई समान २–१ गोलले स्तब्ध बनाएको थियो ।

संकटा र रुपन्देही दुवैले क्वाटरफाइनल र सेमिफाइनलमा पछि परेर पनि नतिजा उल्टाएका थिए । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत बर्ष पहिलो संस्करणमा विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.