9 years ago
March 16, 2017
प्रकाश तिमल्सिना/सौरभ गिरी
नेपालगञ्ज– अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा १–१(५–६) ले पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।

६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । टाइब्रेकरमा दुवै टोलीले ८–८ पेनाल्टी प्रहार गरेका थिर्ए । सडन डेथमा गौरव बुढाथोकीको गोलमा रुपन्देहीले नेपालगञ्ज गोल्डकप जितेको हो ।
रुपन्देहीले गत महिना रमपम चौथो उदयपुर गोल्डकपको उपाधि जितेको थियो । ६५ औं मिनेटमा अनिल गुरुङको पेनाल्टी गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा संकटाका जारी सिजनमा सबैभन्दा सफल क्लब बन्नबाट रोकिएको थियो । संकटाले जितेको भए त्यो उसको बर्षको चौथो उपाधि हुने थियो । यो बर्ष संकटा, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले समान ३ उपाधि जितेका छन् ।

रुपन्देहीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि संकटाले पेनाल्टी पाएको थियो । शिव सुवेदीले खेल सकिन १ मिनेट बाँकी रहँदा बराबरी गोल गरेपछि रुपन्देही खेलमा फर्केको थियो । निर्धारित समयपछि खेल निर्णयका लागि सिधै टाइब्रेकरमा लगिएको थियो । पेनाल्टीमा रुपन्देहीका सौरभ मगरले पहिलो प्रहार बिममा लागेर फर्केको थियो । संकटाका लागि लगातार शुसील केसी, विश्व अधिकारी, कालुदीपक कार्की र भुषण सुब्बाले लगातार गोल गर्दै अग्रता दिलाएका थिए । रुपन्देहीका लागि शिव सुवेदी, उत्तम गुरुङ र कालु थापाले लगातार पेनाल्टीमा गोल गरे । संकटाका लागि अन्तिम पेनाल्टी हान्न पुगेका कप्तान रवि सिलवालले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । त्यो अवस्थामा संकटा ४–३ ले अगाडि थियो । रुपन्देहीका लागि लक्ष्मण रुचालले अन्तिम पेनाल्टीमा गोल गर्दै टाइब्रेकरमा ४–४ को बराबरीमा पुर्याएका थिए ।
तर खेलको रोमाञ्चकता त्यतिमा रोकिएन । सडन डेथको संकटाका राज पौडेलले गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकबाट बाहिरयो । रुपन्देहीका अजय विकको प्रहारलाई संकटाका गोलकिपर अजय महर्जनले रोके । त्यसपछि संकटाका मार्टिन्स अजयी र रुपन्देहीका लागि अजय थापाले गोल गरे । संकटाका लागि सडन डेथको तेस्रो पेनाल्टी प्रहार गरेका लावल ओलालेकानको प्रहार पोस्टमा ठोक्किएर फर्कियो भने रुपन्देहीका गौरव बुढाथोकी गोल गर्न सफल भए । खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गर्दै रुपन्देही खेलमा फर्काएका शिव सुवेदी फाइनलको म्यान अफ द म्याच भए ।
त्यहि गोलमा रुपन्देहीले ५ लाख रुपैयाँ पुरस्कार राशीको नेपालगञ्ज गोल्डकप जितेको थियो । संकटाले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]