9 years ago
March 17, 2017
म्यानचेस्टर ( एजेन्सी ) – रसियन क्लब रोस्टोभलाई समग्रमा २-१ ले हराउदै म्यानचेस्टर युनाईटेड युरोपा लिगको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाईटेडले दोस्रो लेगमा घरेलु मैदानमा १-० को जित हासिल गरेको थियो ।

माटाको निर्णायक गोलमा क्वाटरफाईनलमा स्थान पक्का गरेको युनाईटेडलाई अतिरिक्त समयमा सर्जियो रोमेरोले दुइ उत्कृस्ट बचाउ गर्दै रोस्टोभलाई खेलको अन्तिम तिर बराबरी गर्न दिएनन् । ज्लाटन इबराहिमोभिकको फ्लिकलाई जालीतर्फ दिशा दिदै माटाले खेलको ७० मिनेटमा युनाईटेडलाई निर्णायक गोल दिलाएका थिए ।
खेलको दौरान बलमा आफ्नो नियन्त्रण राख्न सफल युनाईटेडले धेरै गोल गर्ने मौका सिर्जना गर्न भने सकेन । इबराहिमोभिकको प्रहार खेलको दौरान दुई पटक पोस्टमा लागेको थियो ।खेलको दोस्रो हाफमा युनाईटेडले आफ्नो स्टार खेलाडी पोग्बालाई हेमस्ट्रिंगको कारण गुमाउनु पर्यो । पोग्बाले युनाईटेडको प्रिमियर लिगमा मिडल्सब्रो विरुद्धको खेल गुमाउने पक्का भएको छ ।
युनाईटेडसंगै प्रतियोगिताको अन्तिम ८ मा आजाक्स , एन्डेर्ले , बेसिक्टास , सेल्टा भिगो , जेन्क , लियोन र साल्के पनि प्रवेश गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]