default_image

9 years ago

March 17, 2017

फिलिपिन्सविरुद्ध खेल्ने अन्तिम टोलीको घोषणा

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका छन्। दोश्रो चरणका २७ खेलाडीबाट ७ खेलाडी घटाउदै २० खेलाडी अन्तिम नामावलीमा परेका हुन्।

nepal-national-football-team

एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल हुनेछ । टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा र कमल श्रेष्ठ रहेका छन्। त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, विशाल श्रेष्ठ, भरत खवास, जीतेन्द्र कार्की र रञ्जित धिमाल पनि टोलीमा अटाए। चोटमुक्त भएर फर्केका रोहित चन्द र कर्ण लिम्बु पनि टोलीमा रहेका छन्।

दोश्रो चरणबाट अनिल गुरुङ, एलेन न्यौपाने, मानबहादुर तामाङ, राजेन्द्र रावल, देवेन्द्र तामाङ, सुमन लामा र विमल बस्नेत टोलीमा पर्न सकेनन्।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.