default_image

9 years ago

March 17, 2017

सर्लाहीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता हुने

130 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद) – बागमती युवा क्लबको आयोजनामा ‘ए’ डिभिजन स्तरीय प्रथम राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

rajrshi-janak

काठमाडौँका ८ ‘ए’ डिभिजन टोलीले सहभागिता जनाउने प्रतियोगिता चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने आयोजक कमिटिले आज प्रेस सम्मेलनमार्फत जानकारी दिइयो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदि क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, जावालाखेल युथ क्लब, सरस्वति युथ क्लब र संकटा क्लबको सहभागिता रहनेछ

कुल ३२ लाख बजेट भएको प्रतियोगिताको प्रथम हुने टोलीले ४ लख नगद हात पार्नेछ भने दोश्रो हुने टोलीलाई २ लाख नगद प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ५ हजार पाउनेछन। व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले जनही नगद १५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउनेछन्

अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदको सहयोग रहेको यस प्रतियोगितामा सबै खर्च आयोजक क्लबले व्यहोर्नेछ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.