9 years ago
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आठ दशक भन्दा पुरानो क्लब अन्तपूर्ण क्लब आरसिटीको शनिबार भएको ११ औं साधारण सभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । सुरेश काजी शाक्यको अध्यक्षतामा रहेको समितिमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी उपाध्यक्ष छन् । राजु शाही सचिव, रविन महर्जन सहसचिव, कोषाध्यक्षमा संजीवकाजी तुलाधरले निरन्तरता पाएका छन् ।

त्यस्तै सदस्यमा यज्ञरत्न तुलाधार, चंगेजलाल श्रेष्ठ, रधुवरमान सिंह प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, अमूल्य मानन्धर, नरेश बैध, अशोक मानन्धर र रामचन्द्र श्रेष्ठ रहेका थिए । पूर्व अध्यक्ष विजयनारायण मानन्धर मानार्थ अध्यक्ष रहेको क्लबमा वडा नं ३० का वडा अध्यक्ष क्लबको पदेन सदस्य रहने व्यवस्था छ ।
साधारण सभाको बन्द सत्रले अध्यक्ष शाक्यको प्रतिवेदन र कोषाध्यक्ष तुलाधरको आयव्यय विवरणलाई पारित गरेको थियो । सभामा सदस्यहरु, पूर्व खेलाडी सानुबाबु महर्जनलगायतको उपस्थिति रहेको थियो । ए डिभिजन लिगको पूर्व विजेता रहेको विस १९८९ मा स्थापित आरसिटी हाल सहिद स्मारक लिगको ‘बी’ डिभिजनमा रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]