9 years ago
March 19, 2017
दिपक बोहोरा
पाँचथर – आन्तरिक र बाह्य पर्यटनको विकास गर्ने उद्देश्यका साथ पाँचथरको फिदिममा अर्को महिना प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्षको अवसर पारेर बैशाख २ गते देखि ९ गते सम्म फिदिम उच्च माविको मैदानमा गोल्ड कप सञ्चालन गरिने जानकारी दिएको छ ।

पाँचथर क्लबले पहिलो पटक आयोजना गर्ने लागेको गोल्डकपमा विर्ता युनाइटेड झापा, एपिएफ पुर्वाञ्चल, पथरी स्पोर्टिङ क्लब, मिसन युनाइटेड ताप्लेजुङ, डिएफसि मोरङ, कञ्चनजङघा फुटबल क्लब, सिलगुढी, इलाम ११र आयोजक पाँचथर क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अनुराग मगरले बताए ।
झन्डै १८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । पाँचथरको फिदिममा यस अघि पुस १५ गते देखि २४ गते सम्म आठौं फाल्गुनन्द गोल्ड कप आयोजित फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापाले जितेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]