default_image

9 years ago

March 20, 2017

उदयपुर गोल्ड कप यो बर्ष नाफामा

144 views

0 Bookmark

उदयपुर (हाम्रो खेलकुद)– विगतमा घाटा हुँदै आएको रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको समाप्तीमा आइपुग्दा नाफामा गएको छ । माघ २५ देखि फागुन ५ गते सम्म आयोजना भएको प्रतियोगिताबाट २ लाख ७६ हजार ५ सय ११ रुपैयाँ नाफा भएको आयोजक उदयपुर गोल्ड कप मुल आयोजक समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

udaypur
नेपाल पत्रकार महासंघ उदयपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै आयोजक समितिका अध्यक्ष एवंम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव किरण राईले प्रतियोगितामा सहयोग पुर्याउने सबैलाई धन्यावदन दिए ।

यसपटक प्रतियोगितामा ३४ लाख ४४ हजार ५ सय रुपैयाँ आम्दानी र ३१ लाख ७० हजार ९ सय ८९ रुपैयाँ खर्च भएको बताइएको छ । यसपटक ४ लाख रुपैयाँ भन्दा बढी रकम उठ्न बाँकी रहेको आयोजक समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।

एसियन थाइ फुड्सले प्रायोजन गरेको गोल्डकपमा त्रियुगा नगरपालिका, जिल्ला विकास समिति, अन्य कम्पनी र स्थानियहरुको सहयोग रहेको बताइएको छ । अग्नी रुपन्देहीले यसपटकको उदयपुर गोल्डकप जितेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.