default_image

9 years ago

March 20, 2017

काँकरभिट्टा गोल्डकपमा ७ लाख बढी बचत

150 views

0 Bookmark

काँकरभिट्टा (हाम्रो खेलकुद)– मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको दोस्रो संस्करणमा ७ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । गत पुसमा काँकरभिट्टा सम्पन्न गोल्डकपमा कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आम्दानी भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले जानकारी दिए ।

machi
पुस १६ देखि २३ गते सम्म काँकरभिट्टा माविमा सम्पन्न प्रतियोगितामा ३१ लाख ८७ हजार ८० रुपैयाँ खर्च भएको बताइएको छ । कोषाध्यक्ष शेर्पाका अनुसार प्रतियोगिताबाट ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ बचत भएको छ । काँकरभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको थियो ।

 बचत रकमबाट सेन्टरले प्रत्येक वर्ष आयोजना गर्दै आएको सिटी लिग फुटबल प्रतियोगिता, अन्तर मावि स्तरीय, वडा स्तरीय प्रतियोगिता सञ्चालन र सेन्टरले उत्पादन गरेका खेलाडीका लागि खेलकुद सामग्री खरिदमा खर्च गरिने सेन्टरका अध्यक्ष अध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले तेस्रो गोल्ड कप प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरि प्रतियोगितालाई थप व्यवस्थित गरिने बताए ।

सम्मेलनमा प्रतियोगिता सहयोग समितिका सदस्य राजु कार्की, मेची फुटबल क्लबका कोषाध्यक्ष कर्णबहादुर थापा, एन्फा प्रशिक्षक दीपक कार्की, काँकरभिट्टा भेट्रान फुटबल क्लबबा अध्यक्ष तथा प्रतियोगिता सहयोग समितिका सल्लाहकार संयोजक गंगालाल गुरुङ, सञ्चालन सहयोग समिति सदस्य शेरबहादुर बस्नेत (सुन्दर) को उपस्थिति थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.