9 years ago
March 20, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाका अध्यक्ष रमेश समदर्शी र उपाध्यक्ष कृष्ण सिञ्जाली सोमबार सम्मानित भएका छन् । काँकरभिटटा फुटबल टे«निङ सेन्टरले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको आय ब्यय सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो ।

सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गङ्गालाल गुरुङ, प्रतियोगिता सहयोग समितिका सदस्य राजु कार्की, मेची फुटबल क्लबका कोषाध्यक्ष कर्णबहादुर थापा, एन्फा प्रशिक्षक दीपक कार्कीलगायतले समदर्शी र सिञ्जालीलाई संयुक्त रुपमा सम्मान पत्र र समान ५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको थियो ।
समदर्शी विवेचना दैनिकका समाचार सम्पादक, नेपाल समाचार पत्रका झापा संवाददाता र गोल नेपाल डट कममा आवद्ध छन् । सिञ्जाली स्वतन्त्र फोटो पत्रकार र गोल नेपाल डट कमका झापा सम्वाददाता हुन् । यसै क्रममा झापाका फुटबल खेलाडी नगेन्द्र लिम्बुलाई सेन्टरले मायाको चिनो प्रदान गरेको थियो । काँकरभिट्टा गोल्डकपमा ७ लाख रुपैयाँ बढी बचत भएको आयोजकले जानकारी दिएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]