default_image

9 years ago

March 20, 2017

फर्गुसनले फेरी एक पटक म्यानचेस्टर युनाइटेड सम्हाल्ने

143 views

0 Bookmark

लण्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान प्रशिक्षक सर एलेक्स फर्गुसनले फेरी एकपटक टोली सम्हाल्ने भएका छन्. । जून ४ मा माइकल क्यारिकको बिदाईमा हुने खेलमा फर्गुसनले टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । खेल माइकल क्यारिक अल स्टार्स र युनाइटेडकाबीचमा हुनेछ । क्यारिक अल स्टार्स टोलीको प्रशिक्षणको जिम्मेवारी ह्यारी रेडन्यापले गर्नेछन् ।

carrick-and-ferguson

युनाइटेडलाई ३८ उपाधि दिलाएका फर्गुसनले टोटनह्याम हट्स्पर्सबाट क्यारिकलाई सन् २००६ मा क्लबमा भित्राएका थिए । क्यारिकले वेस्ट ह्यामबाट ‘डेब्यू’ गर्दा त्यति बेला टोली प्रशिक्षक रहेका रेडन्यापले यसपटक क्यारिकको टोली हेर्न सहजै स्वकारेका थिए । झन्डै १० बर्ष युनाईटेडबाट व्यावसायिक खेल जीवन अघि बढाएका क्यारिकलाई क्लबले नयाँ सम्झौता नदिएपछि उनले संन्यासको घोषणा गरिसकेका छन् । सम्झौताको अन्तिम बर्षमा रहेका क्यारिकलाई अहिलेसम्म क्लबले नयाँ सम्झौताको लागि कुनै प्रक्रिया आगाडि बढाएको छैन ।
क्यारिकको टोलीबाट रायन गिग्स, पल स्कोल्स, फ्रान्क लाम्पार्ड र स्टेभन जेर्रार्ड खेल्ने पक्का भइसकेकोछ । २००९मा युनाइटेडबाट रियल म्याड्रिड पुगेका क्रिस्टियानो रोनाल्डो खेल्ने नखेल्ने भने निश्चित भइसकेको छैन ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.