9 years ago
March 20, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – झन्डै अढाई महिनापछि राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार स्वदेश आइ पुग्ने भएका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६ मा माल्दिभ्स गएका किरण त्यसयता पहिलो पटक स्वदेश फर्कन लागेका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी राजधानी आउन लागेका हुन् । माल्दिभ्सको समय अनुसार राती ८ः२० मा विमान चढ्न लागेका किरण कतार हुँदै भोली बिहान त्रिभुवन विमानस्थल ओलर्नेछन् ।
अढाई महिनाको बीचमा उनको टोलीले बंगलादेशमा आयोजना भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । टिसी स्पोर्टसले सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई पराजित गरेको थियो । पूर्व क्लब मनाङविरुद्ध किरणले म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए ।
माल्दिभ्स फर्केर उनको टोलीले लिगको पहिलो खेलमा जित हासिल गरेको थियो । आइतबारका लागि तय भएको लिगको अर्को खेल भने फ्लुका कारण स्थगित भएको किरणले जानकारी दिए । किरणले पछिल्लो दुई महिना व्यक्तिगत करियरका लागि सुखद रहेको र अब राष्ट्रका लागि फेरी एकपटक उच्च प्रदर्शन गर्ने बेला आएको बताए ।
‘ फिलिपिन्ससँगको खेललाई लिएर उत्साहित छु । हामीले लगातार नेपाली फुटबलमा इतिहास बनाइरहेको छौं । फेरी एकपटक नयाँ इतिहास रच्ने मौका पाएका छौं,’ माले विमानस्थलबाट किरणले टेलिफोनमा हाम्रो खेलकुदसँग भने,‘ व्यक्तिगत रुपमा मेरो पनि यो सिजन राम्रो भएको छ । हाम्रो भन्दा स्तरीय लिग खेल्ने अवसर पाएको छु । पक्कै पनि यहाँको अनुभवले राष्ट्रिय टोलीमा फाइदा पुग्ने विश्वास लिएको छु ।’
कात्तिक अन्तिममा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि र ग्वामले खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्ने मौका पाएको थियो । नेपाली टोलीले उच्च प्रदर्शन गर्दै सोलिडारिटी कप जितेको थियो । त्यसको सेमिफाइनलमा किरणले दुईवटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप नै नेपालले जितेको एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता हो । एसियान कप छनोटको समूह ‘एफ) मा नेपाल र फिलिपिन्ससँगै यमन र ताजकिस्तान रहेका छन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]