default_image

9 years ago

March 21, 2017

किरण आइपुगे,भोलीबाट प्रशिक्षण गर्ने

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आज स्वदेश आइपुगेका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६मा माल्दिभ्स पुगेका किरण त्यसयता पहिलो पटक स्वदेश फर्केका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी नेपाल आएका हुन्।

kiran-chemjong-with-mother

निवास पुगेपछि आमा संग किरण; उनि हाल नख्खुमा बस्दै आएका छन्

किरणले राष्ट्रिय टोलीसंग रहेर बुधबारबाटै प्रशिक्षण थाल्नेछन। सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघको मैदानमा विगत ५ सातायता राष्ट्रिय टोलि प्रशिक्षणरत छ। मुख्य प्रशिक्षक ग्योतोकु कोजीले प्रारम्भिक छनोटमा बोलाएका ३६ खेलाडीबाट २ चरणको छनोट पछि हाल २० खेलाडी सम्मिलित अन्तिम टोली प्रशिक्षणमा व्यस्त छ। गोलरक्षकमा किरण संगै विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन्। गोलरक्षक प्रशिक्षकको जिम्मेवारी उज्ज्वल मानन्धरले गरिरहेका छन्।

कात्तिक अन्तिममा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि र ग्वामले खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्ने मौका पाएको थियो । नेपाली टोलीले उच्च प्रदर्शन गर्दै सोलिडारिटी कप जितेको थियो । त्यसको सेमिफाइनलमा किरणले दुईवटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप नै नेपालले जितेको एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता हो । एसियान कप छनोटको समूह ‘एफ) मा नेपाल र फिलिपिन्ससँगै यमन र ताजकिस्तान रहेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.