default_image

9 years ago

March 22, 2017

फुटबल खेलाडी सावित्रा र अनितालाई माल्दिभ्समा अवसर

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलमा भारतपछि नेपाल सफल टोलीमा पर्दछ। चौथो संस्करणसम्म आइपुग्दा नेपालले तीन फाइनल खेलेको छ। भारत भने चारै संस्करणको विजेता रहेको छ। पछिल्ला चार संस्करणमा नेपाल यो बर्ष पहिलो पटक फाइनल पुग्नबाट बञ्चित रह्यो।

sabitra-bhandari-and-anita-basnet

यसअघि सधै फाइनल पुगेको नेपाल भारतको सिलगुढीमा यसपटक आयोजना हुँदा सेमिफाइनलबाटै बाहिरिएको थियो। टोली फाइनल पुग्न असफल रहेपनि नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारी च्याम्प्यिनसिपकै सम्भवतः चर्चित खेलाडी बनिन्। उनको प्रदर्शनको सर्वत्र चर्चा भयो। तीनै सावित्रा र मिडफिल्डर अनिता बस्नेतलाइ माल्दिभ्सको एक क्लबलेअनुबन्धन गर्न चाहेको छ।

माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गर्न चाहेको हो। २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्। तर त्यसपछि चोटका कारण उनले फुटबल मैदानमा नउत्रिएको भने धेरै भइसकेको छ।

भलिबलका महिला खेलाडीले पनि यसअघि माल्दिभ्स विदेशी क्लबबाट खेलिसकेका छन् । यो बर्ष भलिबलकी प्रतिभा माली, कोपिला उप्रेती, मञ्जु गुरुङ र अरुणा शाही माल्दिभ्स क्लबबाट खेलेर फर्किसकेका छन् ।

मार्च २६ बाट सुरु भइ एक महिना सम्म चल्ने फुटसल च्याम्पियनसिपका लागि सावित्रा र अनिता माल्दिभ्स एयरपोर्ट कम्पनीमा आबद्ध भएका हुन् । साफ च्याम्प्यिनसिपको प्रदर्शनकै आधारमा माल्दिभियन क्लबले उनीहरुलाई अनुबन्धन गरेको बताइएको छ । आउने जाने हवाइ टिकट र त्यहाँ रहदाको खर्च बेहोर्ने क्लबले उनीहरुलाई एक महिनाको १ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक दिने सम्झौता भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली खेलाडीको सहजताका लागि एन्फाले नै क्लबसँग समन्वय गरिरहेको जनाइएको छ । केही दिनमा उनीहरु माल्दिभ्स जाने बताइएपनि मिति भने तय हुन बाँकी रहेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.