default_image

9 years ago

March 22, 2017

युनाइटेड कपिलबस्तु सैनामैना गोल्डकपको सेमिफाइनलमा

128 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – युनाइटेड कपिलबस्तु प्रथम सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुनौलो शान्ति युवा क्लब गजेडीलाइ सडन डेथमा १–१ (६—५) ले पराजित गर्दै अन्तिम चार प्रवेश गरेको हो ।

united

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो हाफको ४४ औ मिनेटमा युनाइटेडका बिक्रम थापाले गोल गरेका थिए भने ४९ औं मिनेटमा सुनौलो शान्तिको तर्फबाट रुपेन पुनले बराबरी गोल गरेका थिए । युनाइटेडका गोलरक्षक सिमोस थापा म्यान अफ दि म्याच घोषित भए ।

जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा रुपन्देहीको सैनामैना वडा नं ७ मा सञ्चालित प्रतियोगितामा बिहीबार सालझण्डी युवा सन्जाल र सुनौलो संगम युवा क्लब देबिनगरबीच अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजक क्लबका उपाध्यक्ष दिपक काउचाले हाम्रो खेलकुद डटकमलाइ जानकारी दिए ।

यसअघि फर्साटिकर क्लब फर्साटिकर र देशभक्त भैरव एफ.सी नवलपरासी सेमिफाइनलमा प्रवेश गरेका थिए । सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालित प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

united-1

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.