9 years ago
March 22, 2017
मनिला (एजन्सी)– नेपालले एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत चैत १५ गते फिलिपिन्सको सामना गर्दैछ। तर, नेपाली फुटबल टोलीले कात्तिक अन्तिममा एएफसी सोलिडारिटी कप जितेयता कुनै पनि प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेलेको छैन। यद्दपी टोली झन्डै दुई महिनादेखि एसियन कप छनोटको तयारीमा जुटेको छ।

६ दिनपछि नेपालले फिलिपिन्ससँग मनिलास्थित रिजाल मेमोरियल रंगशालामा समूह चरणको पहिलो खेल खेल्दैछ। फिलिपिन्सले भने नेपालसंगको खेल अगाडी प्रशिक्षणसँगै मैत्रीपूर्ण खेल पनि खेलेको छ। बुधबार फिलिपिन्सले मैत्रीपूर्ण खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको छ। नेपाल र फिलिपिन्सबीच चैत १५ मा जुन मैदानमा खेलिदैछ, त्यहि मैत्रीमा फिलिपिन्स र मेलेसियाबीच प्रतिस्पर्धा भएको थियो। नेपाली टोलि भने मैत्रीपूर्ण खेल विना सोझै फिलिपिन्ससँग उसकै मैदानमा भिड्ने तयारीमा छ।
फिलिपिन्स फिफा वरियतामा १२४औं स्थानमा छ भने मलेसिया १६१औं स्थानमा रहेको छ। नेपाल उकालो लाग्ने क्रममा १७०औं स्थानमा आइपुगेको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]