default_image

9 years ago

March 23, 2017

जर्मनीद्वारा इङ्गल्याण्ड पराजित

103 views

0 Bookmark

डर्टमण्ड (एजेन्सी) – लुकास पोडोल्स्कीले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेलमा गरेको दर्शनिय गोलको मद्दतले बुधबार भएको मैत्रिपूर्ण खेलमा जर्मनीले इङ्गल्याण्डलाई १-०ले पराजित गरेको छ।

lukas-podolski-goal-germany-england

जर्मनीका लागि १३०औं खेल खेल्ने क्रममा टोलीको कप्तानी समेत पाएका पोडोल्स्कीले ६९औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट देब्रे खुट्टाले प्रहार गरेको सट गोलमा परिणत भएको थियो। उनको यो राष्ट्रिय टोलीको लागि ४९औं अन्तराष्ट्रिय गोल थियो। जर्मनीका लागि उच्च गोलकर्तामा गर्ड मुलर र मिरोस्लाभ क्लोजपछि पोडोल्स्की तेश्रो स्थानमा रहेको छन्।

अर्को साता खेलिने विश्र्वकप छनोटका तयारीको लागि खेलिएको यस खेलले दुवै टोलीलाई फाइदा पुगेको इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले बताए।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.