default_image

9 years ago

March 23, 2017

नेपाली फुटबल टोली शनिबार फिलिपिन्स जाने

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरुद्धको अवे खेलका शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल र फिलिपिन्सबीच चैत १५ गते रिजाल रंगशालामा पहिलो खेल हुँदैछ ।

narendra-shtestha

नेपालले आन्तरिक तयारीमा जोड दिइरहँदा फिलिपिन्सले भने मंगलबार मैत्रीपूर्ण खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र फिलिपिन्स खेल हुने मैदानमै मंगलबारको मैत्रीपूर्ण खेल भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीको विदाई भने शुक्रबार नै राखेको छ ।

बिहीबार बिहानको अभ्यास सत्रपछि राष्ट्रिय टोलीका खेलाडीलाई भेट्दै एन्फा अध्यक्षले सफलताको शुभकामना दिएका थिए । ‘हामी अहिले सहि बाटोमा छौं । सौभाग्यले खेल्न पाएका छौं । पाएको मौकालाई उपयोग गर्नुपर्छ,’ उनले भने, ‘आत्मविश्वासका साथ खेल्नुहोस् । यो पछि पनि पाँच खेल खेल्न बाँकी हुन्छ । त्यसमध्ये तीन खेल होम म्याच छ । त्यसैले वरियतामा फिलिपिन्स माथि भएपनि सकारात्मक साथका साथ उत्रनुपर्छ । फेरी हामीले आफुलाई एकपटक प्रमाणित गर्नुपर्ने हुन्छ । ’

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जित्ने मनोबलका साथ फिलिपिन्सविरुद्ध उत्रन सुझाए । ‘आफु भन्दा बलियोलाई हराएपछि मात्र स्तर माथि जान्छ’ उनले भने, ‘त्यसलै आत्तिन पर्ने केही छैन । फिलिपिन्स हामीले हराउन नसक्ने टोली होइन । ’ जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिरहेको छ ।

national-team

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.