default_image

7 years ago

March 23, 2017

सावित्रा र अनिता माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत फुटसल लिगमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेका छन्। माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्।  २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्। मार्च […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत फुटसल लिगमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेका छन्।

sabitra-and-anita

तस्वीर: अनु लामाको फेसबुकबाट

माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्।  २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्।

मार्च २६ बाट सुरु भइ एक महिना सम्म चल्ने फुटसल च्याम्पियनसिपका लागि सावित्रा र अनिता माल्दिभ्स एयरपोर्ट कम्पनीमा आबद्ध भएका हुन्। साफ च्याम्प्यिनसिपको प्रदर्शनकै आधारमा माल्दिभियन क्लबले उनीहरुलाई अनुबन्धन गरेको बताइएको छ।

आउने जाने हवाइ टिकट र त्यहाँ रहदाको खर्च बेहोर्ने क्लबले उनीहरुलाई एक महिनाको १ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक दिने सम्झौता भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाली खेलाडीको सहजताका लागि एन्फाले नै क्लबसँग समन्वय गरिरहेको थियो।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.