9 years ago
March 23, 2017
सर्लाही ( हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राजर्षि जनक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभजन प्रतिद्वन्द्वि सरस्वती युवा क्लब काठमाडौंलाई ४–० गोलले हराउँदै जारी सिजन ३ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मी अन्तिम चार पुगेको हो ।

आर्मीले दोस्रो हाफमा मात्र गोलको खाता खोल्न सफल भएको थियो । ६३ औं मिनेटमा विकवेक बस्नेतको पासमा टंक बस्नुतले गोल गरे भने ७४ औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरे । राजीव गुरुङले ७८ औंले गोल गरे भने जर्ज प्रिन्सले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । जर्जप्रिन्स खेलको म्यान अफ दी म्याच घोषि भए ।
आर्मीले जावलाखेल युथ क्लब र एपिएफको विजेतासँग सेभिफाइनल खेल्नेछ । बागमती युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
राजर्षि जनक कपमा शुक्रबारको खेल
मनाङ मस्र्याङ्दीविरुद्ध ब्वाइज युनियन
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]