9 years ago
March 24, 2017
मोन्टेभिडियो (एजेन्सी)– विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले अर्जेन्टिनालाई रोक्न सकेन । महत्वपूर्ण मानिएको खेलमा शुक्रबार अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । कप्तान लियोन मस्सीले पेनाल्टी गोलमा दिलाएको अग्रता नै अर्जेन्टिनाको जितका लागि पर्याप्त रह्यो ।

मेस्सीले १६ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । चिलीका रक्षकले एन्जल डि मारियालाई पेनाल्टी बक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जितपछि अर्जेन्टिना अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । १० राष्ट्र रहेको छनोटमा शीर्षस्थानमा रहेको ब्राजिलको ३० अंक छ ।
दोस्रो स्थानको उरुग्वे २३ र अर्जेन्टिनाको २२ अंक छ । चौथो स्थानको कोलम्बियाको २१ अंक छ । यसअघिका चार खेलमा पुरु र भेनेजुएलासँग बराबरी तथा पाराग्वे र ब्राजिलसँग हार बेहोरेपछि अर्जेन्टिनाको सोझै विश्व कपमा छनोट हुने सम्भावना कमजोर भएको थियो ।
यद्दपी सान्टियागोमा गत मार्चमा भएको खेलमा पनि अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको थियो । शुक्रबारका अन्य छनोटमा अन्य खेलमा ब्राजिलले उरुग्वेलाई ४–१ ले हरायो भने भेनेजुएला र पेरुले २–२ को बराबरी खेलेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]