9 years ago
March 24, 2017
सर्लाही (हाम्रो खेलकुद)– डिभाइन ब्वाइजन युनियनलाई सडन डेथमा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित सयम १–१ को बराबरीमा टुंगिएपछि १० खेलाडीमा सिमित निराजन मल्लको कप्तानीमा रहेको ए डिभिजन टोली मनाङले सडन डेथमा ५–४ ले खेल आफ्नो पक्षमा पारेको थियो ।
कर्मैयाको खेल मैदानमा ओगाबेमिरो ओलासेमी स्यामसनले ६१ औं मिनेटमा दोहोरो पहेलो कार्ड मनाङ दस खेलाडीमा सिमित भएको थियो । तर, मनाङले १० खेलाडीमा सिमित भएको एक मिनेट नबित्दै विमल रानाको गोलबाट अग्रता लिएको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा जम्मीले बराबरी गोल गर्दै ‘बी’ डिभिजन टोली ब्वाइज युनियनलाई खेलमा फर्काएका थिए ।
टाइब्रेकरमा ४–४ गोल भएपछि खेल सडन डेथमा गएको थियो । टाइब्रकेरकमा मनाङका हेमन्त थापामगर, विमल बस्नेत, डोना थापा र निराजन मल्लले गोल गरे । मनाङका गोलकिपर दिनेश थापामगरको प्रहार पोलमा लागेको थियो । ब्वाइज युनियनका लागि जिम्मीको पहिलो प्रहार पोलमा लागेको थियो भने त्यसपछि अमित, माउसा, सुन्दर लामा र आशिक थापाले लगातार गोल गरेपछि टाइब्रेकरमा बराबरी भएको थियो ।
सडन डेथको पहिलो प्रहारमा मनाङका विशाल गुरुङको प्रहार विपक्षी गोलकिपरले रोके भने ब्वाइज युनियनका सकल रेग्मीको प्रहार बारमा ठोक्कियो । मनाङका लागि दिलेन मोक्तानले गोल गरे भने आशिष लामाको प्रहारमा बारमाथिबाट बाहिरियो । दिलेनको गोल निर्णायक बन्यो र मनाङ अन्तिम आठको यात्रा तय ग¥यो । मनाङका विमल राना खेलेको म्यान अफ दी म्याच बने । वागमती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
राजर्षि जनक कप फुटबलमा शनिबारको खेल
नेपाल एपिएफविरुद्ध र जाउलाखेल युथ क्लब
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]