default_image

9 years ago

March 29, 2017

पूर्व खेलाडी गौचनको पहलमा यू १२ टोली जापान आइपुग्यो

126 views

0 Bookmark

संगिता कुवँर
टोकियो – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा  यू १२ टोली यहाँ आयोजना हुने कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२ खेलाडी यहाँ आइपुगेका हुन् ।

japan

नारिता विमानस्थलमा टोलीलाई गौचन र प्रकाश तुलाचनले स्वागत गरेका थिए । टोलीको सहभागिताका लागि लाख्ने खर्च संकलनका लागि आज साझै च्यारिटी डिनरको आयोजना गरिएको छ ।

शुक्रबारदेखि सुरु हुने तोरेरस कपमा नेपालसहित विभिन्न १२ राष्ट्रको क्लब तथा जापानका २० टोलीको सहभागिता रहने गौचनले जानकारी दिए । आठ बर्षदेखि जापान बस्दै आएका गौचन दुई बर्षयता तोरेरस एकेडेमीमा आबद्ध छन् । नेपालको युवा फुटबल विकासमा मद्दत पुग्न सक्ने विश्वासका साथ नेपाली खेलाडीलाई जापान ल्याउने प्रयास गरिएको गौचनले बताए ।

‘यहाँ नेपाल,जापानसहित १२ राष्ट्रका खेलाडीको सहभागिता छ । हाम्रो नेपाली खेलाडीका लागि यो ठूलो अवसर हो ’ उनले हाम्रो खेलकुद डटकमसँग भने, ‘आफु काम गर्ने एकेडेमीले यति ठूलो प्रतियोगिता गर्न लागेकोले मैले नेपाली टोली ल्याउने प्रस्ताव गरे, एकेडेमी त्यसमा राजी भयो । यसले नेपालको फुटबलमा थोरै भएपनि सहयोग पुग्नेछ भन्ने विश्वास छ ।’

गौचनका अनुसार तोरेरस कपमा अस्ट्रेलिया, स्पेन, ब्राजिल, जर्मनी, सिंगापुर, चीनलगायतका देशको क्लबको सहभागिता रहेको छ । खेलाडी छनोटका लागि दुई महिनाअघि गौचन स्वदेश आएका थिए । देशभरबाट १२ खेलाडी छनोट गरिएको उनले बताए ।

गौचनका अनुसार टोलीको हवाईटिकट भने आयोजक एकेडेमीले नै बेहोरेको छ । सन् १९९७ देखि झन्डै एकदशक राष्ट्रिय टोलीमा विताएका गौचन आफु आबद्ध एकेडेमीमा नेपाली खेलाडीलाई अवसर दिलाउने प्रयासमा छन् । ‘एक जना मात्र नेपाली खेलाडीलाई यो एकेडेमीमा राख्न सकियो भने त्यसले हाम्रो देशको फुटबल विकासमा मद्दत पुग्ने विश्वास छ’ उनले भने, ‘म त्यसका लागि प्रयासरत छु ।’

तोरेरस कप शुक्रबार सुरु भएर तीन दिन सम्म चल्ने र बिहीबार नेपालीटोली र अन्य ४ टोलीबीच मैत्रीपूर्ण खेल राखिएको गौचनले जानकारी दिए । मुख्य प्रतियोगिता अघिको हुने मैत्रीपूर्ण खेलले खेलाडीलाई अनुभव बटुल्न मद्दत मिल्ने उनको विश्वास छ । तोरेरस कपमा भने अंकका आधारमा विजेता घोषणा गरिने उनले बताए ।

pokhara

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.