9 years ago
March 29, 2017
पोखरा १६ (हाम्रो खेलकुद) – पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्वीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष ऐन कुमार साई सहिaतको समितिको पदाधिकारी टोलीले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए ।

सहारा क्लब स्थापना भएको २०५५ साल देखि समितिले सहयोग गर्दै आएको छ । आहा रारा गोल्ड कपको पछिल्लो तीन बर्ष देखि एक लाख ५० हजार बराबरको उत्कृष्ट पाँच विधामा पुरस्कार सहयोग गर्दै आएको अबस्थामा एकेडेमीलाइ समेत संचालन गर्न केहि सहयोग गर्ने समितिमा छलफल हुने केसीले जनाए ।
समितिले आफुमा आवद्ध बस पोखराबाट छुट्दा प्रति बस १० रुपैयाँ क्लबलाई सहयोग गर्दै आएको छ । स्थापना काल देखि क्लबलाई र पछिल्लो क्रममा आहा रारा गोल्ड कपलाई सहयोग गर्दै आएको र थप सहयोगका लागि एकेडमी भ्रमण गरेका अध्यक्ष साईले बताए । अध्यक्ष साईले भने ‘ सहारा एकेडेमीलाई पनि अब हामीले केहि न केहि सहयोग गर्ने छौं, यो विषयमा समितिमा छलफल गर्नेछौं ।’
अध्यक्ष साई सहितको टोलीलाई सहाराका अध्यक्ष अध्यक्ष वीरभद्र आचार्य, निर्वतमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापालगायतले स्वागत गरेका थिए । सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि हालसम्म करिब एक करोड २५ लाख रुपैया संकलन भइसकेको क्लबले जनाएको छ ।
क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराउदै आएको महासचिव केशवराज बरालले जानकारी दिए ।


December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]