9 years ago
March 29, 2017
सर्लाही (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी दीप लामा बागमति खेलाडीबाट सम्मानित भएका छन् । राजर्षि जनक कप फुटबल प्रतियोगिताको समापनका अवसरमा बुधबार दीपलाई उक्त सम्मान गरिएको हो । उनले मोटरसाइकल प्राप्त गरेका छन् ।

प्रतियोगिताको अधिकांश व्यक्तिगत पुरस्कार राजर्षि जनक कप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुई टोलीका सदस्यले जिते । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी र सिएमजी क्लब संकटाले समान ३ उपाधि जितेका छन् ।
४९ औं मिनेटमा विमल रानाले गरेको गोल मनाङलाई बर्षको चौथो उपाधि दिलाउनका लागि पर्याप्त रह्यो । खेलको अन्त्यतिर दस खेलाडीमा सिमित भएपनि मनाङ अग्रता जोगाइ राख्न भने सफल भयो ।
विवेक बस्नेतले ७६ औं मिनेटमा दोहोरो पहेलो कार्डसँग रातो कार्डपाएपछि मैदान छोडेका थिए । फाइनलमा गोल गरेका विमल उत्कृष्ट स्ट्राइकर घोषित भए ।
समान ३ गोल गरेका उनै विमल र आर्मीका जर्ज प्रिन्स कार्की प्रतियोगिताको उच्च गोल कर्ता बने । मनाङका दीनेश थापामगर उत्कृष्ट गोलकिपर, अडमोबो सिसिको उत्कृष्ट रक्षक, आर्मीका पदम तामाङका उत्कृष्ट मिडफिल्डर र मनाङका छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
फाइनलको म्यान अफ दी म्याच आर्मीका दीपक गुरुङ भए । मनाङले उपाधिसहित ४ लाख रुपैयाँ र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमति युवा क्लबले आयोजना गरेको राजर्षि जनक कपमा ७ ए डिभिजन क्लब र बी डिभजन टोली ब्वाइज युनियन क्लबको सहभागिता थियो ।
राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७३
विजेता – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी (४ लाख रुपैयाँ)
उपविजेता – त्रिभुवन आर्मी क्लब (२ लाख रुपैयाँ)
बागमति खेलाडी सम्मान – दीप लामा (आर्मी)
उत्कृष्ट गोलकिपर – दीनेश थापामगर (मनाङ)
उत्कृष्ट रक्षक– अगमोबो सिसिको (मनाङ)
उत्कृष्ट मिडफिल्ड – पदम तामाङ (आर्मी)
उत्कृष्ट स्ट्राइकर – विमल राना (मनाङ)
उच्च गोलकर्ता – विमल राना ((मनाङ)), जर्ज प्रिन्स कार्की (आर्मी), ३ गोल
उत्कृष्ट प्रशिक्षक – छिरिङ लोप्साङ गुरुङ (मनाङ)
बागमति सम्मान वापत मोटरसाइकल र अन्य उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]