8 years ago
March 30, 2017
दिपक बोहोरा
इलाम – टुबोर्ग तेस्रो माई म्याली गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । जिल्ला फुटबल संघ इलाम र माई म्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस र आयोजकबीच प्रतिस्पर्धा हुनेछ ।
इलामको ठुलो टुडिखेलमा प्रतियोगिताको उद्घाटनका लागि इलाम बजारलाई सिंगारीएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन हुने जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिए ।
चैत २६ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, ,त्रिभुवन आर्मि, नेपाल एपिएफ, सिएमजी क्लब संकटा, रुपन्देहि ११ , रमपम झापा ११ तथा भारतका ग्लोबल फुटबल क्लब आसाम , दुर्गापुर स्टिल टिएसवाई कोलकत्ता छन् ।
पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेता टोलीले उपाधि सहित ४ लाख रुपैँया र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]