9 years ago
March 30, 2017
दिपक बोहोरा
इलाम– टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आयोजकविरुद्धको उद्घाटन खेलको पहिलो हाफसम्म नेपाल पुलिसले २–० को अग्रता लिएको छ । खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पुलिसका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा आयोजक टोलीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पुलिसका अभिषेक रिजालले गोलअन्तरलाई दोब्बर पारे ।
माई भ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा प्रतियोगिता ठुलो टुडिखेलमा सञ्चालन भइरहेको छ ।
चैत २६ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मि, नेपाल एपिएफ, सिएमजी क्लब संकटा, रुपन्देहि ११ , रमपम झापा ११ तथा भारतका ग्लोबल फुटबल क्लब आसाम , दुर्गापुर स्टिल टिएसवाई कोलकत्ता छन् ।
पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेता टोलीले उपाधि सहित लाख रुपैँया र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]