default_image

9 years ago

March 30, 2017

भेट्रान फुटबललाई यल्लो प्यागोडाको साथ, सामाखुसी फाइनलमा

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लगनखेलको बुद्धि विकास मण्डलको मैदानमा जारी दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितालाई कान्तिपथस्थित यल्लो प्यागोडा होटल मुख्य प्रायोजन गर्ने भएको छ । चैत १० गतेबाट सुरु भइसकेको प्रतियोगितालाई यल्लो प्यागोडाले प्रायोजन गरेसंगै प्रतियोगिताको नाम शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता हुनेछ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा स्पोर्ट्स फर अल क्लब, नेपालका अध्यक्ष लोकबहादुर शाही र यल्लो प्यागोडाका अध्यक्ष दिलविकास राजभण्डारी (दायाँ) ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा स्पोर्ट्स फर अल क्लब, नेपालका अध्यक्ष लोकबहादुर शाही र यल्लो प्यागोडाका अध्यक्ष दिलविकास राजभण्डारी (दायाँ) ।

प्रतियोगिता आयोजक स्पोर्ट्स फर अल क्लब, नेपालका अध्यक्ष लोकबहादुर शाही र यल्लो प्यागोडाका अध्यक्ष दिलविकास राजभण्डारीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरे । स्व. शशिकला राजभण्डारीकी धर्मपत्नी हुन् । राजभण्डारीले प्रायोजन वापत दोश्रो संस्करणका लागि यल्लो प्यागोडाले आयोजकलाई २ लाख रुपैयाँ उपलब्ध गराउन जानकारी दिए ।

उनले आगामी दिनमा प्रतियोगिताको प्रगति हरेर सम्झौता अवधि र रकम पनि थप्दै जाने प्रतिबद्धता जनाए । शाहीले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरुप दिने प्रयास भइहरकेको बताउदै प्रायोजनले प्रतियोगितालाई अझ व्यापक बनाउन हौसला प्रदान गरेको बताए ।

सामाखुसी फाइनलमा
यसैबीच शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सामाखुसी फुटसल क्लब फाइनलमा पुगेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा बिहीबारको सेमिफाइनलमा सामाखुसीले ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंलाई २–० गोलअन्तरले हरायो ।

सामाखुसीका टासी छिरिङले ५७ औं र निमा लामाले ६५ औं मिनेटमा गोल गरे । फाइनलमा सामाखुसीले साइनिङ सन फुटबल एकेडेमी, कैलाली विरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछ । फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.