default_image

9 years ago

March 31, 2017

माईभ्याली गोल्ड कपमा अग्नी रुपन्देही र दुर्गापुरबीच प्रतिस्पर्धा हुँदै

128 views

0 Bookmark

दिपक बोहोरा
इलाम– यो सिजन दुई वटा नकआउट उपाधि जितिसकेको अग्नी रुपन्देही ११ ले आज इलाममा जारी टुबार्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगितामा भारत कोलकाताको दुर्गापुर स्टिल टिएसवाईको सामना गर्दैछ ।

rupandehi

सिजनको पहिलो उपाधिका रुपमा रमपम उदयपुर गोल्डकप जितेको रुपन्देहीले यसै महिनाको सुरुआतमा नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो । ठुलो टुडिखेलमा हिजो पहिलो दिन आयोजक टोलीलाई हराउँदै ३–० ले हराउँदै नेपाल पुलिस क्लब दोस्रो चरणमा पुगिसकेको छ ।
इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिता चैत २६ गते सम्म सञ्चालन हुनेछ । पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेता टोलीले उपाधि सहित ४ लाख रुपैँया र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.