default_image

9 years ago

April 2, 2017

कर्णको झापा माईभ्याली गोल्ड कपको सेमिफाइनलमा

144 views

0 Bookmark

दिपक बोहरा
इलाम – कर्ण लिम्बुको कप्तानीमा रहेको रमपम झापा इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । ठूलो टुडिखेलमा आइतबार अग्नी रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ हराउँदै कर्ण लिम्बुको कप्तानीमा रहेको झापा अन्तिम चारमा पुगेको हो ।

jhapa

निर्धारित ९० मिनेट र थप १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा झापाले बाजी मारेको थियो । यो हारसँगै बर्षको तेस्रो नकआउट उपाधि जित्ने रुपन्देहीको योजना असफल भएको छ । रुपन्देहीले यो बर्ष उदयपुर गोल्डकप र नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । जारी प्रतियोगिताका भारत कोलकाताका टोलीलाई टाइब्रेकरमै हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको थियो ।

झापा भने बर्षको दोस्रो उपाधिको दौडमा अघि बढेको थियो । झन्डै चार महिनाअघि काँकरभिट्टा गोल्ड कपको उपाधि जितेपछि झापाले कुनै उपाधि जितेको छैन । आइतबारको खेलमा झापाका गोलकिपर किशोर गिरी म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।

इलाम जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबको आयोजनामा २६ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

माईभ्याली गोल्डकपमा सोमबारको खेल
मनाङविरुद्ध पुलिस

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.