default_image

9 years ago

April 2, 2017

सहारा एकेडेमीको अक्षयकोषमा सहयोग थपिदै

99 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको सहारा एकेडेमीको अक्षयकोषका लागि सचित गुरुङले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सचित सहारा यू केका सल्लाकार चन्द्रबहादुर गुरुङका छोरा हुन् ।

sahara
सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमी दोविल्लामा क्लबका अध्यक्ष वीरबहादुर आचार्य र अन्य पदाधिकारीले सचित र उनीकी आमा शान्तालाई आइतबार स्वागत गरेका थिए । गुरुङ परिवारले एकेडेमीका बालकहरुलाई खाद्यान पनि वितरण गरेका थिए ।

यस भन्दा अघि सहारा एकेडेमी भवन निमार्णको लागि गुरुङ परिवारले ३ लाख रुपैयाँ प्रदान गरेका थिए । ३ वर्ष देखी एकेडेमीमा कठिन परिस्थिति एवं विपन्न वर्गका नेपाल भित्रका १६ जिल्लाको २८ जना बालकहरुलाई आश्रय दिई आवसिय रुपमा राखिएकोछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.