default_image

9 years ago

April 3, 2017

माईभ्याली गोल्ड कपमा मनाङ स्तब्ध, पुलिस सेमिफाइनलमा

129 views

0 Bookmark

दिपक बोहोरा
इलाम – घरेलु फुटबलमा यो सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब माईभ्याली गोल्ड कपको आफ्नो पहिलो खेलमै स्वब्ध भएको छ । गत साता राजर्षि जनक कप जितेर इलाम पुगेको मनाङ ए डिभिजन प्रतिद्वन्द्वि नेपाल पुलिस क्लबसँग  सोमबार १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै पुलिस सेमिफाइनल पुगेको छ ।

bhola-silwal

३६ औं मिनेटमा अभिषेक रिजालले गरेको गोलनै पुलिसलाई सेमिफाइनल यात्रा गर्न पर्याप्त रह्यो । पुलिसले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । भोला सिलवालको फ्रिकिकमा अभिषेकले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच बनेका भोलाले ७ हजार रुपैयाँ प्राप्त गरे ।

केही बर्षअघि सम्म घरेलु फुटबलमा सबै खाले फुटबलको दाबेदार रहने गरेको पुलिस पछिल्लो समय भने कमजोर रहँदै आएको छ । यद्दपी आजको खेलमा मनाङको कमजोर अग्रपक्ति र तालमेल अभावको फाइदा उठाउँदै अघिल्लो चरणको यात्रा गर्न सफल भएको छ । पुलिसले यो सिजनमा एउटा मात्र उपाधि जित्न सकेको छ । पुलिसले गत महिना धरानमा भएको १९ औं बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो ।

 मनाङले भने यो बर्ष सबैभन्दा बढी यो सिजन चार वटा उपाधि जितिसकेको छ । सुदूरपश्चिमाञ्चलमा माघको पहिलो साता सुदूरपश्चिम खप्तड गोल्ड जित्दै उपाधि यात्रा सुरु गरेको मनाङले त्यसपछि लगातार आहा रारा गोल्डकप र रमपम झापा गोल्डकपको उपाधि जितेको थियो । टोलीका नियमित ८ खेलाडी विना पनि टोली गत साता सर्लाहीमा राजर्षि जनक कप जितेको थियो ।

तर, राष्ट्रिय टोलीको जिम्मेवारी पुरा गरेर ८ खेलाडी टोलीमा फर्केपनि टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन, जसका कारण टोली बर्षको पाँचौं उपाधि उचाल्ने अभियानबाट विमुख हुन पुग्यो । हुस्सुका कारण सोमबारको खेल पटक पटक अबरुद्ध भएको थियो । इलाम जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबलको संयुक्त आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र झापा सेमिफाइन पुगिसकेका छन् ।

npc

माईभ्याली गोल्ड कपमा मंगलबारको अन्तिम क्वार्टरफाइनल
सिएमजी क्लब संकटाविरुद्ध एपिएफ

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.