9 years ago
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा सोमबार भएको फाइनलमा साइपालले काठमाडौं जेभियरलाई ९–१ को फराकिलो अन्तरले हरायो ।

साइपालका निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले समान १ गोल गरे । लिग चरणमा रोजबड र बाबालाई हराएको साइपालले रिलायन्स रेसिडेन्सियल स्कुलसँग बराबरी खेलेको थियो । साइपाल समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलपुगेको छ । द एक्सेल्सियर स्कुललाई हराउँदै साइपाल फाइनल पुगेको थियो ।
तीन विधागत उत्कृष्टको पुरस्कार पनि साइपालकै खेलाडीले हात पारे । अशोक तामाङ उत्कृष्ट खेलाडी तथा अविनाश बमजन उत्कृष्ट गोलरक्षक चुनिए । १२ गोल गरेको निशान माझी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं वरिष्ठ फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, काष्ठमण्डपकी प्रिन्सिपल डा. शिवा थापा र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले विजेता टोलीलाई पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ विद्यालयको सहभागिता थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]