9 years ago
April 4, 2017
दिपक बोहोरा
पाँचथर – पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच हुने भएको छ । नयाँ बर्षको अवसरमा वैशाख २ गतेबाट सुरु हुने प्रथम गोल्ड कपको मंगलबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरिएको छ ।

वैशखा ९ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोली बाहेक विर्ता युनाइटेड झापा , पथरी स्पोर्टिङ क्लब ,मिसन युनाइटेड ताप्लेजुङ , डिएफसी मोरङ , नेपाल प्रहरी पूर्वाञ्चल, रेडहर्स इलाम रहेको पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले बताए । विजेता टोलीले उपाधिसहित१ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]