9 years ago
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्द व्यवसायिक फुटबल खेल्नका लागि इन्डोनेसिया पुगेका छन्।

रोहित हाल पर्सिजा जकार्तामा प्रशिक्षणरत छन्। पर्सिजा यसअघि उनले खेलिसकेको क्लब हो। उनि हाल प्रशिक्षणमात्र गरिरहेको र प्रशिक्षकसंगको सल्लाहपछि मात्र अनुबन्धनबारे छलफल गरिने बुझिएको छ।
चोटका कारण लामो समयसम्म फुटबलबाट बाहिर रहेको चन्द यसअघि मलेसियाली क्लब टि-टिमसंग आवद्ध थिए। तर चोटका कारण उनको अनुबन्धन तोडिएको थियो ।
रोहित केहि दिन अघिमात्र इन्डोन्सिया पुगेका हुन्। चोटमुक्त भएपछि एसियन कप छनोट अन्तर्गत चैत १५ गते भएको फिलिपिन्सविरुद्धको समूह चरणको पहिलो खेलमार्फत रोहितले टोलीमा पुनरागमन गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]