9 years ago
April 6, 2017
चेल्सी (एजेन्सी)– इडेन हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ ।

हाजार्डले १० मिनेटमा पहिलो गोल गरेका थिए । तर, २६ औं मिनेटमा सर्जियो अगुइरोको गोलबाट सिटी खेलमा फर्केको थियो । चेल्सीले बराबरीलाई लामो समय रहन दिएन । हाजार्डले ३५ औं मिनेटमा दोस्रो गोल गरे । त्यहिनै खेलको निर्णायक बन्यो ।
पेनाल्टीमा आफ्नो प्रहारलाई विलि काबारेलो रोकेपछि त्यहि रिबाउन्डमा हाजार्डले गोल गरेका थिए । अघिल्लो खेलको कारण भएको दबाबलाई पनि चेल्सीले जितसँग कम गराएको छ ।
जितपछि चेल्सीको अंक ७२ पुगेको छ । दोस्रो स्थानको टोटेनह्यामको भन्दा चेल्सीको ७ अंक बढी छ । बुधबार राती नै टोटेनह्यामले स्वान्सी सिटीलाई ३–१ ले हरायो । अन्य खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ३–०ले, हल सिटीले मिडल्सब्रोलाई ४–२ ले, साउथह्याम्प्टनले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो भने लिभरपुल र बोर्नमाउथले २–२ को बराबरी खेले ।
तेस्रो स्थानको लिभरपुलको ६०, सिटीको ५८ तथा समान ५४ अंक भएको आर्सनल पाँचौं र म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]