9 years ago
April 6, 2017
दिपक बोहोरा
इलाम– इलाममा जारी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको साविक विजेता र उपविजेताबीच यसपटक एक चरणअघि नै भेट हुँदैछ । साविक विजेता रमपम झापा ११ र नेपाल एपिएफ क्लब आज दोस्रो सेमिफाइनलमा एकअर्काको सामना गर्दैछन् ।

आजको विजेताले फाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । गत बर्षको फाइनलमा झापाले एपिएफ २–० ले हराएको थियो । यो सिजन दुवै टोलीले एक एक उपाधि जिते छन् । झापाले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । त्यहाँ फाइनलमा झापाले एपिएफलाई २–० ले हराएको छ । अर्कोतर्फ एपिएफले पनि यो सिजन पुसमा सातौं राष्ट्रिय खेलकुद स्वर्ण पदक जितेको थियो । तर, त्यसयता टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन ।
आज हुने सेमिफाइनलमा दुवै टोलीले सफलताको आशा राखेका छन् । इलामका झापाले समर्थन पाउने बुझेका एपिएफका प्रशिक्षक कुमार थापाले त्यसका वावजुद पनि आफ्नो टोलीले सफलता प्राप्त गर्नेमा विश्वस्त छन् । उनले भने,‘आजबाट एपिएफको हारको श्रृङ्खला रोकिनेमा म ढुक्क छु ।’ अर्कोतर्फ एपिएफ विरुद्ध सहज नतिजा निकाल्नेमा झापा ११ का सहायक प्रशिक्षक सन्तोष गुरुङले विश्वस्छन् । उनले भने,‘यसअघिका भेटमा जस्तै आज पनि हामी जित्नेमा विश्वस्त छौं ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]