9 years ago
April 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेयता नेपाल फिफा वरियतामा लगातार माथि उक्लिने क्रम यो महिना भने रोकिएको छ । अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले अप्रिल महिनाका लागि बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ७० औं स्थानमा यथवात छ ।

मार्चमा पनि १ सय ७० औं स्थानमा रहेको नेपालको १ सय १२ अंक छ । फेब्रुअरीमा नेपाल १ सय ७३ औं स्थानमा थियो । नेपालले कात्तिकको अन्तिममा मलेसियाको कुचिङमा आयोजित एएफसी सोलिडारिटी कप जितेको थियो ।
त्यो नेपालले प्राप्त गरेको अहिले सम्मकै ठूलो उपाधि हो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको पनि त्यो पहिलो नै थियो । त्यसयता नेपाल फिफा वरियतामा विस्तारै सुधार भएको थियो ।
वरियताक्रममा यथावत रहेपनि गत महिना दक्षिण एसियाली राष्ट्रमा चौथो स्थानमा रहेको नेपाल पाँचौं स्थानमा झरेको छ । अघिल्लो महिना १ सय ७७ औं स्थानमा रहेको भुटान १३ स्थान फड्को मार्दै १ सय ६४ औं स्थानमा पुगेको छ ।
३१ स्थान माथि उक्लेको भारत १ सय १ स्थानमा रहँदै भारत दक्षिण एसियाली राष्ट्रको शीर्षस्थानमा यथावत छ । यो क्षेत्रका अन्य देश अफगानिस्तान १ सय ५३ औं, माल्दिभ्स १ सय ५१ औं, भुटान १ सय ६४ औं, बंगलादेश १ सय ९३ औं र पाकिस्तान २ सय १ औं स्थानमा छ ।
पछिल्लो वरियताका क्रममा ब्राजिल शीर्षस्थानमा पुगेको छ । ब्राजिल ७ बर्षयता पहिलो पटक शीर्षस्थानमा पुगेको हा । अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]