default_image

9 years ago

April 7, 2017

सम्झदा पनि मन अमिलो भएर आँउछ – विक्रम

180 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं– खेलमा हार जित जति स्वभाविक हुन्छ, खेलाडीको जीवनमा आरोह अवरोह पनि त्यत्तिकै स्वभाविक हुन्छ । एउटै खेलमा खेलाडी हिरोबाट जिरो र जिरोबाट हिरो हुने दुवै सम्भावना रहन्छन् । सन् २०१३ काठमाडौंमा सम्पन्न साफ च्याम्प्यिनसिपको अफगानिस्तनविरुद्धको सेमिफाइनलमा रोहित चन्द दुई पटक पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । त्यसमा उनी गोल गर्न सफल हुन्थे भने सम्भवत नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सक्थ्यो । तर, एकातिर नेपाल फाइनल पुग्न सकेन भने अर्को तिर त्यो च्याम्पियनसिपकै सबैभन्दा दोषी खेलाडीका रुपमा तीनै रोहितलाई हेरियो । अहिले पनि त्यहि घटनालाई लिएर रोहितको आलोचना गर्नेहरु पनि छन् । खेलाडीको जीवनमा एउटा घटनाले पनि लामो समय सम्म प्रभाव पार्न सक्छन् ।

Nepal Phil

यसपटक फिलिपिन्स यात्रा पनि एउटा घटनाका कारण पछि सम्म चर्चाको विषय बन्ने सम्भावना छ । यद्दपी त्यो प्रसंगले सञ्चारमाध्यमा खासै चर्चा भएन, जति चर्चा रोहितले पेनाल्टी चुकाउँदा पाएको थियो । तर, त्यति बेला र अहिलेको परिस्थिति फरक भएर पनि अहिलेको घटना त्यति नोटिस भएन ।

एएफसी एसियन कपअन्तर्गत समूह चरणको चैत १५ गते पहिलो खेलका लागि नेपाल फिलिपिन्स पुगेको थियो । जुन खेल नेपालले ४–१ ले गुमाएको थियो । नेपालले ७५ मिनेट १० खेलाडीमा सिमित भएर खेल्न परेको थियो । किनकी मिडफिल्डर विक्रम लामाले सुरुको १५ मिनेटमा रातो कार्ड पाएका थिए । विपक्षी खेलाडीको आक्रमणमा पोष्ट भित्र लगभग छिरिसकेको बललाई उनले हातले रोकेका थिए । जसका कारण फिलिपिन्सले पेनाल्टी र विक्रमले रातो कार्ड पाए । यद्दपी त्यो पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेम्जोङले जोगाए पनि । तर, त्यसपछि फिलिपन्सले खेलमा पकड बनाउँदै लग्यो र सफल नतिजा निकाल्यो ।समर्थक वा खेलाडीका लागि त्यो फुटबलको एउटा सामान्य घटना हुन सक्छ । तर, उनै विक्रमका लागि भने त्यो दुःखत र विर्सन नसक्ने घटना बनेको छ । भन्छन् ‘अहिले पनि त्यो घटना सम्झिदा मन अमिलो भएर आउँछ । आफुलाई गिल्टी फिल हुन्छ ।’

रातो कार्ड पाउनुअघिको स्थिति स्मरण गर्दै उनले भने, ‘सुरुको १५ मिनेट बल होल्ड गर्नु पर्छ भन्ने थियो । हामीले रोकिरहेकै थियौं । तर, त्यहि इन्सिडेन्टमा बल टाउको नाघेर आयो । यसलाई जसरी रोक्नुपर्छ भन्ने मात्र दिमागमा आयो । तर हात कसरी गयो यादै छैन । डाइभ हानेको थिए, सँगै हातले लाग्यो ।’ फुटबलमा त्यो घटना पहिलो थिएन । यस्ता खाले घटनाले नै फुटबललाई रोमाञ्चक पनि बनाएको छ ।

हातले रोक्दा सम्म विक्रमले केही सोच्न भ्याउने अवस्थै रहेन । त्यसपछि भने उनको मनमा अनेक कुरा खेल्न थाले । ‘ त्यति नरमाइलो कहिल्यै लागेको थिएन । डाइभ हानेर बल ह्यान्ड बलपछि ल्यान्ड हुदा हुँदै थाहा मैले रातो कार्ड पाउछु भन्ने दिमागमा आइसकेको थियो,’ उनले स्मरण गरे, ‘पोष्ट बाहिर भएको भए परिस्थिति फरक हुन्थ्यो । पेनाल्टी भएपनि मैले कार्ड पाउने थिएन । तर, नसोचेको भइसकेको थियो । साह्रै खल्लो लाग्यो । त्यो घटनापछिको पाँच सात मिनेट मेरो लागि पुरै अन्धकार जस्तो भयो । केही थाहा नभए जस्तो भयो । अनन्त (तामाङ) भाई , किरण अरु साथीहरु सम्झाउन आए जस्तो लाग्छ । राम्रो गरिस् । केही छैन भनेको सुने । किरणले तेरो केही गल्ती छैन, म पेनाल्टी रोक्छु भनेको अलि कता कता सुनेको जस्तो लाग्छ । ’

उनी त्यो रातो कार्ड पाएपछिको परिस्थितिलाई यसरी ब्याख्या गर्छन्,‘ त्यो घटना मेरो लागि सम्झना लायक रहेन । तर, जुन विर्सन खोज्छ त्यहि कुरा बढी याद आउने जस्तो हुदो रहेछ । अहिले पनि मन अमिलो भएर आउछ । त्यहाँबाट म चेन्जिङ रुमको भुइमा गएर पल्टि रहे । मेरो कारण खेलमा असर पर्यो भन्ने मनमा लागि रह्यो ।’

मध्यान्तरमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजीले सम्झाएपछि भने उनी विस्तारै सामान्य बनेको बताउँछन् । ‘ तैले केही नराम्रो गरेको छैनस् । जे गरिस राम्रो गरिस् भन्नुभयो,’ विक्रमले थपे,‘मात्र टाइमिङ गलत भएको भन्ने मलाई पनि लाग्छ । त्यो घटना खेलको सुरुआतमै भयो । यदि खेलको अन्त्यतिर त्यस्तो घटना हुन्थ्यो भने म हिरो पनि हुन सक्थे । गर्न खोजेको राम्रो भएपनि टाइमिङ गलत भयो । त्यहि घटना ८० मिनेटपछि हुन्थ्यो भने अर्कै अवस्था बन्यो ।’

सबैले सम्झाएपछि विक्रमले दोस्रो हाफ खेल हेरेका थिए । मैदान बाहिरबाट उनले अनुभव गरेको स्मरण गर्दै भन्छन् ,‘दोस्रो हाफमा हामीले केही सुधारिएको प्रदर्शन गर्यौं । सायद त्यहि प्रदर्शन पहिलो हाफमा हुन्थ्यो भने त्यो मार्जिन हुने थिएन । दोस्रो हाफमा प्रदर्शन सुधारिएपनि बाहिरबाट हेर्दा हामी अलिक डराएर खेले जस्तो लाग्यो । पुस गर्न नसक्ने जस्तो अनुभव भयो ।’ विक्रमले मैदान छोडेपछि पहिलो हाफमै ३–१ पछाडि परेको नेपालले दोस्रो हाफमा अर्को गोल खाएको थियो ।

नियतवश नभै परिस्थितले जन्माएको घटनाले विक्रमलाई झन बढी निराश बनाएको छ । समूह चरणको यमन विरुद्ध हुने खेललाई लिएर उनी खल्लो मानिरहेका छन् । ‘मलाई घरेलु समर्थकहरुको बीचमा खेल्ने ठूलो धोको छ । तर यो पटक पनि मेरो धोको अधुरो रहने भयो । यमनसँग मैले खेल्न पाउदिन । ’ उनले भने,‘साफ च्याम्पियनसिपमा टोली भएपनि प्लेइङमा थिइन । भारतविरुद्ध विश्व कप छनोटमा दशरथ रंगशाला मर्मतले धेरै दर्शक राख्ने अनुमति थिएन । यमनसँग खेल हुँदा त्यहि रातो कार्डका कारण म प्रतिबन्धमा हुनेछु । घरेलु मैदानमा राम्रो प्रदर्शन गर्न सकिन्छ भन्ने लाग्छ । त्यसले हामीलाई आउने खेलका लागि पनि प्रेरणा दिन सक्थ्यो । यमनपछि ताजकिस्तानसँग हुने खेलका लागि ४ महिना कुर्नुपर्ने हुन सक्छ । जीवनको ठूलो धोको पुरा गर्न म त्यो खेलको प्रतिक्षामा हुनेछु ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.